May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

गैंडाको आक्रमणबाट मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १0:४८
गैंडाको आक्रमणबाट मृत्यु
  • गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
  • ७६ वर्षीय नवराज अधिकारीलाई बिहिबार आक्रमण
  • जंगलमा खोजी गर्दा आज बिहान शव भेटिएको

 चितवन ।।

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो ।

घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।

चालु आर्थिक वर्षमा चितवनमा जंगली जनावरबाट भएको यो पहिलो मानवीय क्षती हो । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो ।

गत आर्थिक वर्ष गैंडाको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट १ जना र हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यसभन्दा अघिल्लो वर्ष विभिन्न जंगली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।