May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

राष्ट्रिय सभाका सदस्य ३५ र प्रतिनिधि सभामा २०१ हुनुपर्छ : प्रदीप पौडेल

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:३६
राष्ट्रिय सभाका सदस्य ३५ र प्रतिनिधि सभामा २०१ हुनुपर्छ : प्रदीप पौडेल
  • प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने प्रदीप पौडेलको धारणा 
  • टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् ।केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरेका छन् । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने उनले बताए । राष्ट्रिय सभाका सदस्यको संख्या ३५ मा झार्नुपर्ने पौडेलको मत छ ।

पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने पौडेलको धारणा थियो । एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने पौडेलको मत थियो । पार्टीभित्रको समस्या उल्लेख गर्ने क्रममा नेता पौडेलले भने ‘पार्टीको स्वास्थ्य समस्या सिटामोलले हल हुने जस्तो देखिन्न् । कतिपय अवस्थामा यसको सर्जरीकै आवश्यकता छ ।’

११ महिनामा बैठक बसेकाले खुसी प्रकट गर्न नसक्ने भन्दै उनले आगामी दिनमा यस्तो नहोस् भनि आग्रह गरे । मास बेस्ड पार्टी कांग्रेस भएकाले सदस्यता खोज्नेले पाउनुपर्ने बताए । महामन्त्रीले खुला गरेको सदस्यता क्रियाशील नभएर साधारण सदस्यता रहेको उल्लेख गर्दै उनले दुईप्रकारका सदस्यता अन्त्यको माग गरे । ‘सदस्यता जसले खोजेको हुन्छ, त्यसले पाउनुपर्ने मास बेस्ड पार्टीमा हुनुपर्दछ,’ पौडेलले भने ।

टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने मत उनले राखे ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट