May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिरोमा परी आमा छोराको मृत्यु, ३ जना घाइते

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० ११:0५
पहिरोमा परी आमा छोराको मृत्यु, ३ जना घाइते
  • बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु
  • ३ जना घाइते भएको अवस्थामा
  • एक दर्जन चौपाया मरे
  • मृतक अञ्जुका श्रीमान भारत 

बैतडी ।।

बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका-२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट