May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री शेख हसिनासंग वार्ता र बैठकहरुमा व्यस्त रहें : प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:४५
प्रधानमन्त्री शेख हसिनासंग वार्ता र बैठकहरुमा व्यस्त रहें : प्रधानमन्त्री
  • यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु,
  • संयुक्त राष्ट्रसंघका महासचिवर  बंगलादेशका प्रधानमन्त्री शेख हसिनासंग पनि भेटें
  • सहभागिता र बैठकहरुमा व्यस्त रहें
  • अन्तिममा रोमको ओलम्पिक फुटबल स्टेडियमको अवलोकन गरें

 काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए ।

सम्मेलनको क्रममा महत्वपूर्ण भेटघाटहरुबाट यो भ्रमण सफल भएको आफूले ठानेको उनले बताए । ‘सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटहरुबाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु,

’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मञ्चहरुमा नेपालको छबि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र बहुपक्षीयताप्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु ।’

सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव, बंगलादेशका प्रधानमन्त्री शेख हसिना लगायतसँग साइडलाइन वार्ता गरेको उनले जानकारी गराए ।

सम्मेलनमा आफू निकै व्यस्त भएको उनले सुनाए । ‘यो सम्मेलनमा म अत्यन्त व्यस्त रहें सम्मेलनको पहिलो दिन त बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म करिब १२ घण्टा एफएओको परिसर भित्र सम्मेलनमा सहभागिता र बैठकहरुमा व्यस्त रहें ।

केही बचेको समयमा समेत इटालीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको छु । प्लेनमा चढ्नु भन्दा केही समय अगाडि मात्रै रोमको ओलम्पिक फुटबल स्टेडियमको अवलोकन गरें,’ उनले भने ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट