May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाउने

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० ११:४४
सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाउने
  • सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी
  • नेकपा (माओवादी केन्द्र) सहित गठबन्धन आबद्ध
  • सभामुखसहितको हस्ताक्षरमा सरकार गठन गरिँदा सर्वोच्च अदालतले नियुक्ति बदर

विराटनगर ।।

कोसी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित गठबन्धनमा आबद्ध दलले यस्तो तयारी गरेका हुन् ।

कोसीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका ५ बजेसम्मको समयसीमा दिएका छन् ।
कोसीमा सरकार गठनका लागि दाबी पेस गर्ने आज ‘अन्तिम’ दिन

प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिए सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेस गर्ने तयारी भइरहेको बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राइले पनि सभामुखलाई राजीनामा गराउने विकल्प रहेको बताए । राप्रपालाई फकाउन गठबन्धनले गरेको प्रयास करिब असफल भएको छ । सोही कारण गठबन्धन सभामुखलाई राजीनामा गराउने तयारीमा लागेको हो ।

बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्छ । सभामुखले राजीनामा दिँदा सो गठबन्धनको बहुमत पुग्छ । गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आबद्ध छन् । अहिले गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । नेकपा (एमाले) का ४० र राप्रपातर्फका ६ प्रदेशसभा सदस्य छन् ।

अघिल्लोपटक सभामुखसहितको हस्ताक्षरमा सरकार गठन गरिँदा सर्वोच्च अदालतले नियुक्ति बदर गरिदिएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।