पोखरा ।।
वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।
बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो ।
‘कहाँबाट कहाँ लैजाने रु कसको हो भन्ने अनुसन्धान हुँदैछ,’ जोशीले भने । अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।