April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्छ : सपथपछि बोले रवि लामिछाने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १३:१७
सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्छ : सपथपछि बोले रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिनसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सांसद पदको सपथ लिएलगतै पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारमा जाने कुरामा सोचाई नभएको र त्यस किसिमको वातावरण नबनेको बताएका हुन् । उनले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए ।

उनले आफ्नो दल अस्थिरताको पक्षमा नरहेको पनि स्पष्ट पारे । तर सरकारले आफूले समर्थन पाइरहुँ भन्नका लागि न्यूनतम ठाउँ राख्नुपर्ने र त्यो ठाउँ राखेको छ कि छैन भन्ने कुरा पुनरावलोकनको विषय बनेको उनले बताए । यसबारेमा पार्टीमा र संसदीय दलमा छलफल गरेर मात्र अगाडि बढ्ने उनले बताए ।

उनले प्रधानमन्त्रीसँग कुरा भएको बारेको जिज्ञासामा भने– ‘प्रधानमन्त्रीले बधाई दिनको लागि मात्र फोन गर्नुभएको हो । यस्तो सुनेको थिएँ के हो भनेर चासो सम्म राख्नुभएको थियो । सरकार सम्बन्धी त्यस्तो गम्भीर छलफल भएको हैन, उहाँले मलाई बधाई दिन फोन गर्नुभएको थियो ।’ उनले चुनावका बेलामा हेलिकप्टर लिएर गएर मन्त्री पद नै दिने जस्ता आश्वासन बाँडेका लगायतका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।