April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

चम्किलो ढुंगा बहुमूल्य भएको पुष्टि

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १६:२३
चम्किलो ढुंगा बहुमूल्य भएको पुष्टि
  • प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि
  • टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाए
  • कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने 

गोरखा ।।

गोरखा नगरपालिका-७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ ।खानी तथा भूगर्भ बिभागबाट आएको टोलीले परीक्षणपछि उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गरेको हो । टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

बिभागबाट आएकी भूगर्भविद डा. सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर भएको बताइन् । भूगर्भविदको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो ।

संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डा. भण्डारीले कडापनका आधारमा उक्त चट्टान ७ औं नम्बरमा रहेको जानकारी दिए । कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने उनको भनाइ छ ।

उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने बताइएको छ ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ ।खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा भनिएको छ ।

विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र संकलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ । विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्नुपर्ने धारणा राखे । जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा राखेर संरक्षण गर्न माग गरेको उनले बताए ।

गोरखामै राख्नेबारे नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्नका लागि समय चाहिने भएकाले तत्काल प्रहरी कार्यालयमै राख्न मेयर राना मगरले विभागका भूगर्भविद्हरुलाई आग्रह गरेका छन् ।

उक्त ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको र यति तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने भूगर्भविद् भण्डारीले ताइन् । प्रहरीले गोरखा नगरपालिका – ७ सतिपीपलबाट गत असार १४ गते उक्त ढुंगा बरामद गरेको हो । लाखौं रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

ढुंगाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । सोही आधारमा विभागले भूगर्भविद् डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट