sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चम्किलो ढुंगा बहुमूल्य भएको पुष्टि

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १६:२३
चम्किलो ढुंगा बहुमूल्य भएको पुष्टि
  • प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि
  • टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाए
  • कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने 

गोरखा ।।

गोरखा नगरपालिका-७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ ।खानी तथा भूगर्भ बिभागबाट आएको टोलीले परीक्षणपछि उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गरेको हो । टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

बिभागबाट आएकी भूगर्भविद डा. सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर भएको बताइन् । भूगर्भविदको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो ।

संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डा. भण्डारीले कडापनका आधारमा उक्त चट्टान ७ औं नम्बरमा रहेको जानकारी दिए । कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने उनको भनाइ छ ।

उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने बताइएको छ ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ ।खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा भनिएको छ ।

विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र संकलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ । विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्नुपर्ने धारणा राखे । जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा राखेर संरक्षण गर्न माग गरेको उनले बताए ।

गोरखामै राख्नेबारे नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्नका लागि समय चाहिने भएकाले तत्काल प्रहरी कार्यालयमै राख्न मेयर राना मगरले विभागका भूगर्भविद्हरुलाई आग्रह गरेका छन् ।

उक्त ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको र यति तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने भूगर्भविद् भण्डारीले ताइन् । प्रहरीले गोरखा नगरपालिका – ७ सतिपीपलबाट गत असार १४ गते उक्त ढुंगा बरामद गरेको हो । लाखौं रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

ढुंगाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । सोही आधारमा विभागले भूगर्भविद् डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको थियो ।

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid