May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन तस्करी रोहनको ४१ पटक बाहिर आएको गएको रेकर्ड

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १६:५२
सुन तस्करी रोहनको ४१ पटक बाहिर आएको गएको रेकर्ड
  • रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत
  • पछिल्लो पटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिर गएको 
  • काठमाडौं ओर्लिदा उनी विमानस्थल अध्यगमन कार्यालयबाट पक्राउ परे

काठमाडौं ।।

अध्यागमन विभागले शुक्रबार पक्राउ गरेका भारतीय नागरिक रोहन अडुकिया १६ महिनामा ४१ पटक नेपाल आवतजावत गरेको देखिएको छ । अडुकिया शुक्रबार भारतबाट नेपाल आउँदै गर्दा उनलाई विमानस्थल अध्यगमन कार्यालयले नियन्त्रणमा लिएको हो । उनीमाथि साउन २ गते विमानस्थल भन्सारमा बरामद भएको एक सय किलो सुन तस्करीमा संलग्न भएको आरोप लगाइएको छ ।

पक्राउ परेका अडुकियालाई अध्यगमन विभागले राजस्व अनुसन्धान विभागमा पठाउने जानकारी दिएको छ । अध्यगमन विभागका अनुसार रोहन पछिल्लो पटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिरिएका थिए ।

१५ चैत २०७८ देखि ५ साउन २०८० सम्मको अवधिमा उनले ४१ पटक नेपाल आउजाउ गरेको देखिएको अध्यगमन विभाग स्रोतले बतायो । रोहन पछिल्लो पटक २४ असार ९ जुलाई ९० मा काठमाडौं आएका थिए । त्यस दिन राति ८ बजेर ६ मिनेटमा काठमाडौं ओर्लिएका उनी त्यसपछि ५ साउनमा नेपाल छोडेका थिए ।

सन् २०२२ को एक वर्षमै रोहन २८ पटक त्रिभुवन विमास्थलमा आवागमन र प्रस्थान गरेको अध्यगमनको विवरणमा उल्लेख छ । सन् २०२३ मा भने १३ पटक आउजाउ गरेको देखिन्छ ।

उनको यात्रा विवरणमा २१ पटक काठमाडौंबाट प्रस्थान र २० पटक आवागमन गरेको देखिन्छ । पछिल्लो १६ महिनामा २१ औं पटक काठमाडौं ओर्लिदा उनी विमानस्थल अध्यगमन कार्यालयबाट पक्राउ परेका थिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन २६, २०८० १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट