May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउँदै

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १0:२२
ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउँदै
  • सांसद गयानन्द मण्डल बन्ने भए राज्यमन्त्री
  • कोशी प्रदेशसभा सभामुखविहीन
  • भदौ १ गतेबाट प्रदेशसभाको बैठक हुने 

विराटनगर ।।

सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ । गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख एमालेकी सृजना दनुवार छिन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । भदौ १ गतेबाट उनले प्रदेशसभा बैठक बोलाएका छन् ।

उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् ।

उपसभामुखले राजीनामा दिए प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने रणनीतिसहित मण्डललाई गठबन्धनकाले मन्त्री बनाउन लागेको हो ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग कठिन बहुमत ४७ नै सांसद छन् । विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ सांसद छन् ।

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट