May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कार्यक्रममा फोटो मिलाएर राख्ने एमालेको तयारी

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १४:४६
कार्यक्रममा फोटो मिलाएर राख्ने एमालेको तयारी
  • जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने
  • पछिल्लो पार्टी सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय
  • विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने

काठमाडौं ।।

नेकपा एमालेले पार्टी र भ्रातृ संगठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने गरी सर्कुलर गर्ने तयारी गरेको छ । पछिल्लो पार्टी सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष ओलीले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए । उनले निर्णय सुनाए पनि एमालेले औपचारिक रुपमा सर्कुलर पठाउन बाँकी छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने छ ।

‘फोटोको मामिलामा भद्रगोल नै भयो, अब त अखिलको प्रारम्भिक कमिटी अध्यक्षले पनि कार्यक्रममा आफ्नो फोटो ठूलो पारेर राख्न थाले,’ रिमालले भने, ‘कोही नेता अतिथि भएर गए भने उसैको फोटो राखिदिने, म गएँ भने मेरै फोटो पनि ढलक्क ढल्काइदिइहाल्ने । यो त हुँदै भएन भनेर यस्तो निर्णय गरेका छौं ।’

एमालेले फोटो राख्ने क्रममा पहिलो तस्वीर र पुष्पलालको, दोस्रो मदन भण्डारीको, तेस्रो मनमोहन अधिकारीको राख्ने गर्छ । अब त्यसको चौथो क्रममा ओलीको राखिने पार्टी निर्णय छ ।

रिमालको  फेसबुकबाट 

– कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो          प्रयोग नगर्ने,

– मञ्चको प्रयोग वक्ताले मात्र गर्ने,

– अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने,

– कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,

– कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।

उनीभन्दा अघि ओलीले फेसबुकमार्फत कार्यक्रम व्यवस्थापनबारे विभिन्न निर्णय गरेको खुलाएका छन् । ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नु भएको थियो,’ उनले लेखेका छन्, ‘तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिनेगरी खादा-माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ ।’

 

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।