May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरीकर्ताको प्रश्नै प्रश्न

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० ११:४९
प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरीकर्ताको प्रश्नै प्रश्न
  • प्रधानन्यायाधीश श्रेष्ठविरुद्धका उजुरीकर्तासँग छलफल सुरु
  •  संसदीय सुनुवाइ प्रक्रियामा नै प्रश्न उठाए

काठमाडौं ।।

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । उजुरीकर्ता एसके तिमिल्सिनासँग समितिले छलफल सुरु गरेको हो ।

आफूलाई अधिवक्ता, लेखक र अनुवादक भनेर चिनाएका उनले आफू विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको विरुद्धमा नभएको तर सिफारिस गर्ने संवैधानिक परिषदको बैठक र निर्णय संविधानसम्मत नभएको बताएका छन् । संसदीय सुनुवाइ प्रक्रियामा नै प्रश्न उठाएका छन् ।

गैरसंवैधानिक सिफारिस अनुमोदन गर्न नहुने उनको जिकिर छ । न्याय व्यवस्था लागू गर्ने निकायको प्रमुख संविधानसम्मत नियुक्त हुनुपर्ने कि नपर्ने ? भन्दै उनले यदि यो माग सम्बोधन नभइ सुनुवाइलाई जबरा शासन (राणाशासन) भन्नुपर्ने उनको जिकिर छ ।

उनीसँगको छलफल सकिएपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ गर्ने समितिले जनाएको छ । गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।