November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रिय स्वतन्त्र पार्टी ५ बजे बस्ने बैठक बस्दै

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १0:४३
राष्ट्रिय स्वतन्त्र पार्टी ५ बजे बस्ने बैठक बस्दै
  • रास्वपा को संसदीय दलको बैठक आज बस्दै
  • अपराह्न पाँच बजे बस्ने
  • निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने
  • सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै

 काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिका सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो । बैठकमा पार्टीले राखेका संकल्प प्रस्ताव, संसद्को पछिल्लो गतिविधि लगायत विषयमा पनि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्