April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १३:५२
केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी
  • आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै उजुरी
  • केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिइन्
  • वास्तविक कुरा नबुझी, झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीको माग 

कास्की ।।

गायिका समिक्षा अधिकारीले आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् । उनले, जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

उनले लेखेकी छिन्-‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको बिषयलाई लिएर सामाजिक संजालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको’ भनेर झुटो खबर फैलाएकोमा त्यसको प्रतिवादस्वरुप केहि संजालहरु किटान गरि जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’

उनले, वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जालमा प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाई रहेको समेत स्पष्ट पारेकी छिन् । उनले, जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीमा विना तथ्य झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीका लागि आग्रह समेत गरेकी छिन् । केही दिन अगाडि समिक्षालाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको भन्दै केही फेसबुक पेजले स्टाटस लेखेका थिए ।

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट