काठमाडौं ।।
नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५-७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ । त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो ।
ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।