May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सुन तस्करी पत्ता नलागेसम्म देशको अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढ्दैन : प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १६:५७
सुन तस्करी पत्ता नलागेसम्म देशको अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढ्दैन : प्रधानमन्त्री
  • सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको प्रधानमन्त्री आशंका 
  • क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि मात्र अनुसन्धान सुरु गरियो 
  • सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने सम्भावना नै हुँदैन नि 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।

‘त्यस (सुन तस्करी) मा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो’ प्रधानमन्त्री प्रचण्डले भने । ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनको भनाइ छ ।

गत साउन ३ गते गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातको विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ । सीआईबीको अनुसन्धान जारी रहेका बेला प्रधानमन्त्री प्रचण्डले सेटिङ नभइ सुन तस्करी असम्भव रहेको बताएका हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट