April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

स्वीमिङ गर्दा करेन्ट लागेर १ जना गम्भीर घाइते

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १५:४१
स्वीमिङ गर्दा करेन्ट लागेर १ जना गम्भीर घाइते
  • स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते
  • स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर
  • हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान रहेको 

काठमाडौं ।।

ललितपुर-३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।

श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर आमा, छोरी निस्किएका बेला उनलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ ।

गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ । ‘होटल खुलेको पनि धेरै भएको थिएन, यसका सञ्चालकहरुले गरेको लापरबाहीले गर्दा दाइ गम्भीर घाइते हुनुभयो’, उनले भनिन्, ‘मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार, प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का गरेको छ । ‘करेन्ट कसरी लाग्यो भन्नेबारे चाहिँ अनुसन्धान भइरहेको छ, इञ्जिनियरहरुसहितको टोली गएर पनि हेर्ने तयारी गरेका छौं’, उनले भने, ‘चिकित्सकहरूको रिपोर्टबाट पनि कारण यकिन होला ।’

गम्भीर घाइते भएका शाक्यको परिवारका सदस्यहरुले भने चिकित्सकले ‘इलेक्ट्रिक सक’ लागेको देखिएको बताएको जनाएका छन् । होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गरिन् । ‘हरेक दिन परीक्षण पनि गरिरहेका हुन्छौं, विद्युत्को फ्लो भएको देखिँदैन’, उनले  भनिन्, ‘अरु प्रहरीको अनुसन्धानबाट देखिएला ।’

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट