sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वीमिङ गर्दा करेन्ट लागेर १ जना गम्भीर घाइते

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १५:४१
स्वीमिङ गर्दा करेन्ट लागेर १ जना गम्भीर घाइते
  • स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते
  • स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर
  • हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान रहेको 

काठमाडौं ।।

ललितपुर-३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।

श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर आमा, छोरी निस्किएका बेला उनलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ ।

गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ । ‘होटल खुलेको पनि धेरै भएको थिएन, यसका सञ्चालकहरुले गरेको लापरबाहीले गर्दा दाइ गम्भीर घाइते हुनुभयो’, उनले भनिन्, ‘मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार, प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का गरेको छ । ‘करेन्ट कसरी लाग्यो भन्नेबारे चाहिँ अनुसन्धान भइरहेको छ, इञ्जिनियरहरुसहितको टोली गएर पनि हेर्ने तयारी गरेका छौं’, उनले भने, ‘चिकित्सकहरूको रिपोर्टबाट पनि कारण यकिन होला ।’

गम्भीर घाइते भएका शाक्यको परिवारका सदस्यहरुले भने चिकित्सकले ‘इलेक्ट्रिक सक’ लागेको देखिएको बताएको जनाएका छन् । होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गरिन् । ‘हरेक दिन परीक्षण पनि गरिरहेका हुन्छौं, विद्युत्को फ्लो भएको देखिँदैन’, उनले  भनिन्, ‘अरु प्रहरीको अनुसन्धानबाट देखिएला ।’

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid