May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

केबलकारलाई यातायातको साधन बनाउनुपर्छ : कुलमान घिसिङ

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:२३
केबलकारलाई यातायातको साधन बनाउनुपर्छ : कुलमान घिसिङ
  • केबलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक
  • प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्थामा प्राथमिकता दिनुपर्ने 
  • इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ सक्ने 

काठमाडौं ।।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए ।

केबलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको उनको भनाइ छ । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबलकारको संख्या अझै बढ्नुपर्नेमा जोड दिए । उनले भने, “धेरै केबलकारहरूले नेपालको आर्थिक क्रियाकलाप र पर्यटनदेखि विद्युत् खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबलकार बढ्नुपर्छ । यस्तै, केबलकारहरूले हाम्रो विद्युत्को खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ ।

केबलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्सपोटेसनको हिसाबले पनि नेपालमा केबलकारको महत्वपूर्ण भुमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेसन केबलकारबाट गर्दा राम्रो हुन्छ । यसले विद्युत् खपतका साथै इकोनोमिमा राम्रो गर्छ । लुम्बिनी केबलकार महत्वपूर्ण छ ।” त्यस्तै, लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डीएन कायस्थले दसैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । आफूहरूले अपेक्षा गरेअनुसारकै पर्यटकहरू आएकोमा खुसी व्यक्त गरे ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।