April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

विवाद बढेपछि परराष्ट्रमन्त्री साउदलाई छलफलमा बोलाइयो

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १२:५८
विवाद बढेपछि परराष्ट्रमन्त्री साउदलाई छलफलमा बोलाइयो
  • समितिले परराष्ट्रमन्त्री एनपी साउद छलफलमा बोलायो 
  • बिहीबार समितिको बैठक बस्दै

काठमाडौं ।।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो ।

समिति सभापति राजकिशोर यादवले बिहीबारको बैठमा यी सबै विषयमा जानकारी लिने हिसाबले मन्त्री साउदलाई छलफलमा बोलाइएको जानकारी दिए । ‘विशेष गरी प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभाका लागि हुने अमेरिका भ्रमण, त्यसपछि हुने चीनको भ्रमण र पूर्ण

परराष्ट्रमन्त्री तथा वर्तमान परराष्ट्रमन्त्रीले नेपालको नक्साका विषयमा दिएको अभिव्यक्तिका विषयमा छलफल गर्न समितिमा बोलाउने निर्णय भएको हो’, सभापति यादवले भने, ‘तर पछिल्लो समय कूटनीतिक नियोगका प्रमुखबाटै गैरकूटनीतिक हिसाबले सार्वजनिक भएका अभिव्यक्तिका बारेमा जानकारी लिने विषय पनि थप भएको छ ।’

पछिल्लो समय चीनले आफ्नो नयाँ नक्सा जारी गर्ने क्रममा नेपाले संसदबाट संसोधन गरेको नयाँ नक्सामा राखिएको भूभागलाई हटाएर आफ्नो नक्सा जारी गरेपछि त्यसको विरोध भइरहेको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको संसदबाट नयाँ नक्सा जारी भएलगत्तै सबै मुलुकलाई जानकारी गराएको बताएका थिए । तर वर्तमान परराष्ट्रमन्त्री साउदले मन्त्रालयको सम्बन्धित शाखामा बुझ्दा उक्त जानकारी गराएको नपाइएको बताएका थिए ।

यस्तै गएको शनिबार चिनियाँ राजदूत छेन सोङले अर्को छिमेकी मुलुक भारतसँगको व्यापारिक सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति विवादास्पद भइरहेको छ । त्यस विषयमा पनि समितिमा बोलाएर परराष्ट्र मन्त्रालयसँग जानकारी लिने संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले निर्णय गरेको हो । बिहीबार समितिको बैठक बस्दैछ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।