May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इनरुवा नगरपालिकाका कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १६:३३
इनरुवा नगरपालिकाका कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई
  • इनरुवा नगरपालिकामा कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई गर्ने
  • ढिलो आउने र छिटो जाने कर्मचारीको निगरानी गर्ने 
  • घण्टा र घण्टालाई दिनमा परिणत गरि तलब समेत काट्ने तयारि
  • समयको ख्याल गर्न भन्दै हाजिरिमा कडाई गर्ने निर्देशन

इनरुवा ।।

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई गर्ने भएको छ । जनताको सेवालाई चुस्तदुरुस्त पार्ने, कार्यालय समयको ख्याल गर्ने र ढिलो आउने र छिटो जाने जानेमाथि निगरानी गर्ने गरि कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई गर्ने भएको हो ।

हालै इनरुवा नगरपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारीले जनताको सेवा गर्ने भएर जागिरमा रहनुभएका सबै कर्मचारी देखी शिक्षकसम्मको इ हाजिरि हुने र त्यसमा कडाई गर्ने जानकारी दिनुभएको छ ।

अधिकारीका अनुसार चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा कर्मचारीहरुको इ हाजिरिको प्रिन्ट कपि अध्ययन विश्लेषण गर्दा समयको पालनामा ख्यान नगरेको, कार्यालयमा आएरपनि कार्यकक्षमा अनुपस्थित देखिएको पाइएकाले भदौमा कडाई गर्ने र असोजबाट मिनेटसगैं घण्टा र घण्टालाई दिनमा परिणत गरि तलब समेत काट्ने तयारि भएको छ ।

सुशासन कायम गर्नका लागि पहिलो काम इनरुवा नगरपालिकामा कर्मचारी देखी शिक्षकसम्मको हाजिरिमा कडाई गर्ने भएको अधिकारीले बताउनुभयो । शिक्षामा सुधार ल्याउन र शैक्षिक गुणस्तर कामय गर्नका लागि प्रधानाध्यापकहरुबाट योजना माग गर्ने र योजना सहित कार्यान्वयनमा जाने तयारी गरेको बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत अधिकारीले शाखा प्रमुख र वडा सचिव समेतलाई राखेर समयको ख्याल गर्न भन्दै हाजिरिमा कडाई गर्ने निर्देशन दिनुभएको छ । विद्यालयका प्रधानाध्यापकदेखी विद्यालय व्यवस्थापन समितिसम्मलाई शैक्षिक सुधारका लागि क्षमता अभिवृति अभिमुखिकरण गर्ने, अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लगायतको काम अगाडि बढाउने बताउनुभयो ।

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ २४, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट