May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

लम्पी स्किन सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपायामा सुधार

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:१0
लम्पी स्किन सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपायामा सुधार
  • लम्पी स्किन रोग ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
  • ५२ हजार ५ सय ४८ वटा पशु मरेको दावी
  • कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित

काठमाण्डौ ।।

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

विभागका अनुसार यो रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका थिए । अहिले यी क्षेत्रमा पनि सङ्क्रमण घट्दो क्रममा रहेको छ । यो रोग लागेका १५ लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ लाख ९३ हजार ५ सय ९५ पशु चौपाया निको भएका छन् । अहिले सङ्क्रमित पशुको सङ्ख्या ७३ हजार ६ सय ३६ रहेको छ । यी पनि निको हुने चरणमा छन् । लम्पी स्किन विरुद्धको खोप अभियानलाई तीव्र पारिएकाले रोग रोकथाम हुन थालेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालले बताउनुभयो ।

अहिलेसम्म १३ लाख ६९ हजार मात्रा खोप आयात भइ सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा वितरण गरिएको छ । अहिलेसम्म झण्डै १० लाख गाईभैँसीलाई यो रोग विरुद्धको खोप दिइएको छ । यसमध्ये धेरैजसो सङ्ख्या गाईको छ ।

लम्पी स्किन रोग रोकथामका लागि पशुसेवा विभागले सहसचिवको नेतृत्वमा प्रदेश र पालिकाका सरोकारवालाहरुसँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरेको छ । यसरी खटिएको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, प्रदेश तथा पलिकासँग समन्वयसहित उपचार, प्राविधिक सल्लाह दिइरहेको छ ।

रोगको प्रकोप फैलिएका ठाउँमा प्रदेशसँग समन्वयमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने गरिएको छ । लम्पी स्किनका कारण अहिलेसम्म ५२ हजार ५ सय ४८ वटा पशु मरेका छन् । यो रोग नेपालमा पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो ।

शुरुका दुई वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा तीन हजार तीन सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैतदेखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर देशभर फैलिएको थियो । कृषि मन्त्रालयले लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने बताए पनि निर्णय भइसकेको छैन । किसानले आफूहरुलाई राहत दिनु पर्ने माग गर्दै आएका छन् ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।