April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ

किराको सङ्क्रमणले धानबाली सखाप

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:४३
किराको सङ्क्रमणले धानबाली सखाप
  • खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलियो 
  • गभारो तथा राइस ब्लाष्ट-थ्री,नामको किरा
  • सेथ ब्लाइट-टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमणले सतायो 

खोटाङ ।।

खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो ।

गाभा सरेर पोटाउने अवस्थामा धान बालीमा गभारो नामको किरा तथा राइस ब्लाष्ट-थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखा परेको कृषि ज्ञानकेन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो ।

जिल्लाका १० पालिकामध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘खोटाङमा धानबालीमा धेरथोर तीन किसिमको रोग र एउटा किराको सङ्क्रमण फैलिएको पाइएको छ,’ बाली संरक्षण अधिकृत यादवले भन्नुभयो, ‘रोग तथा किराको सङ्क्रमण सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा देखा परेको छ ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो, ब्लाष्ट, खैरो थोप्ले रोग र ब्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको प्राविधिक सहायक मिनबहादुर बुढाथोकीले बताउनुभयो । धान बालीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नाम विषादि वितरण शुरु गरेको छ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।