April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते

नेम्वाङको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने चाहना अपुरो भएकोमा पूर्वसभामुख सापकोटाद्धारा दुःख व्यक्त

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:४५
नेम्वाङको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने चाहना अपुरो भएकोमा पूर्वसभामुख सापकोटाद्धारा दुःख व्यक्त

काठमाडौँ/

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुवासचन्द्र नेम्वाङको चाहना अपुरो भएकोमा दुःख व्यक्त गरेका छन् ।

संसद्मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले सुनाए ।

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको थिएँ । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संसद्मा विचाराधीन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा उहाँको तीव्र चाहना थियो । यस विषयमा आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए तर उक्त चाहना पुरा नभएको अत्यन्तै दुखित छु’, उनले भने ।

नेम्वाङले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संसद्मा पनि उनले सन्तुलित भूमिका खेलेको बताए । एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङ अन्तरिम संसद् र संविधानसभा गरी ९ वर्ष सभामुख(अध्यक्ष भएका थिए । उनको मंगलबार बिहान ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।