sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेम्वाङको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने चाहना अपुरो भएकोमा पूर्वसभामुख सापकोटाद्धारा दुःख व्यक्त

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:४५
नेम्वाङको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने चाहना अपुरो भएकोमा पूर्वसभामुख सापकोटाद्धारा दुःख व्यक्त

काठमाडौँ/

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुवासचन्द्र नेम्वाङको चाहना अपुरो भएकोमा दुःख व्यक्त गरेका छन् ।

संसद्मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले सुनाए ।

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको थिएँ । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संसद्मा विचाराधीन विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सम्बन्धमा उहाँको तीव्र चाहना थियो । यस विषयमा आफूले सक्दो सहयोग गर्ने वचन दिएका थिए तर उक्त चाहना पुरा नभएको अत्यन्तै दुखित छु’, उनले भने ।

नेम्वाङले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संसद्मा पनि उनले सन्तुलित भूमिका खेलेको बताए । एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङ अन्तरिम संसद् र संविधानसभा गरी ९ वर्ष सभामुख(अध्यक्ष भएका थिए । उनको मंगलबार बिहान ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid