May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:0५
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि लगाइने

काठमाण्डौ – सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम रहेको छ ।

यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ ।

अहिले यो खोपको मात्रा सीमित भएकाले यो उमेर समूहका झण्डै ९ हजार जना किशोरीले मात्र खोप पाउने छन् । खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् । बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ । कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेसको नारायणी अस्पतालमा पर्सि २९ गतेदेखि ३१ गतेसम्म लगाइने छ ।

यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताउनुभयो । यो खोपको दुई मात्रा लगाउनुपर्छ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने डाक्टर गौतमले बताउनुभयो ।

गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ । थप खोप ल्याउन स्वास्थ्य मन्त्रालयले प्रयास गरिरहेको छ । पर्याप्त मात्रामा खोप आए पछि १० देखि १४ वर्षका सबै किशोरीलाई दिने तयारी छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट