May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

‘गम्भीर अपराधमा संलग्न भएका व्यक्ति क्लिन चिट दिनु हुँदैन’:- सांसद ध्रुवबहादुर प्रधान

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:३७
‘गम्भीर अपराधमा संलग्न भएका व्यक्ति क्लिन चिट दिनु हुँदैन’:- सांसद ध्रुवबहादुर प्रधान
  • सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको भनाई
  • सरकारले हालै दिएको आममाफी त्रुटीपूर्ण र गलत रहेको दावी

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायिक प्रक्रियाबाट र विधिवत रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान रहेपनि सो अनुसार हुन नसकेको बताउनु भयो । उहाँले सरकारले हालै दिएको आममाफी त्रुटीपूर्ण र गलत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु हुँदैन, मिल्दैन । न्यायिक प्रक्रियाबाट र विधिवत रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान छ । यस किसिमले सिधा गर्नु हुँदैन । यो त्रुटीपूर्ण र गलत छ । नेपाली जनताले राम्रो सन्देश मानेनन् । यसरी विधिको शासन अन्त्य हुन्छ । भएको सरकारले स्वेच्छाचारी ढंगले काम कारबाही गर्नु हुँदैन । राजसंस्था फर्काउनुको अर्थ हाम्रो पहिचानलाई फर्काउनु हो । निरंकुश राजतन्त्र संस्थालाई हामीले फर्काउन खोजेका होइनौँ । हाम्रो इतिहासलाई कायम गर्न खोजिएको हो । संविधान सभाले विभेदकारी कार्य गरेको छ । त्यसलाई सच्याउन खोजेका छाैँ ।’ सांसद प्रधानले राजसंस्था फर्काउनु इतिहासलाई कायम राख्नु रहेको बताउनु भयो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट