sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘भगवत् गीता’ को ठाउँ ‘जवान’ ले लियो

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:१४
‘भगवत् गीता’ को ठाउँ ‘जवान’ ले लियो
  • शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाए
  • चर्चाअनुसार ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’लाई हलले कम शो दियो 
  • विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’लाई क्यूएफएक्सले देशव्यापी १७ शो दिइयो 

काठमाडौं ।।

‘जवान’ र ‘नन् २’ को दबदबाबीच शुक्रबार रिलिज हुन लागिरहेका फिल्मले अपेक्षाभन्दा न्यून शो पाएका छन् । चर्चाअनुसार ‘एक भगवत् र एक गीता’ र ‘नांगो गाउँ’लाई हलले कम शो दिएका छन् ।

विपिन कार्की स्टारर ‘एक भगवत र एक गीता’लाई क्यूएफएक्सले देशव्यापी १७ शो दिएको छ । काठमाडौं उपत्यकाका हलमा भने यो फिल्मले नौ शो पाएको छ । स्टारकास्ट र ब्यानरको आधारमा झरना थापा निर्देशित फिल्मले पाएको शो न्यून हो ।

यो फिल्मलाई वान सिनेमाजले सात, बिग मुभिजले पाँच, आईएनआईले चार शो दिएका छन् । दयाहाङ राई स्टारर ‘नांगो गाउँ’लाई क्यूएफएक्सले देशव्यापी २७ शो दिएको छ । काठमाडौं उपत्यकाका हलमा १२ शो दिएको छ । वान सिनेमाजले ७ शो, बिग मुभिजले ४, आईएनआईले ६ शो दिएको छ ।

समग्रमा यी दुई फिल्मले पाएको शो अपेक्षाभन्दा न्यून हो । विदेशी फिल्मको दबदबाबीच यी फिल्मले कसरी उल्लेख्य ओपनिङ गर्न सक्लान् भन्ने कुरा चुनौतीपूर्ण देखिन्छ । वर्ड अफ माउथ बलियो भए एक भगवत् गीता र नांगो गाउँले शो संख्यामा वृद्धि गर्न सक्छन् ।

‘जवान’ र ‘नन् २’ को व्यापार दोस्रो हप्तामा केही घट्न सक्छ, जसको फाइदा यी दुई नेपाली फिल्मले उठाउन सक्छन् । तीज पर्वको छेकोमा र एक सातामै तीन दिनको सार्वजनिक बिदाको फाइदा पनि यी दुई फिल्मलाई पुग्न सक्छ ।

तर हल सञ्चालक चाहिं शो संख्याभन्दा पनि उपलब्ध गराइएका शोको अकुपेन्सी महत्वपूर्ण हुने बताउँछन् । ‘दिइएका शोमा खचाखच दर्शक आए भने शो संख्या बढ्न सक्छ,’ एक हल व्यवस्थापकले भने ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid