April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

अनुयायी बलात्कार मुद्दामा सिद्धबाबालाई सफाई

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० ११:५५
अनुयायी बलात्कार मुद्दामा सिद्धबाबालाई  सफाई

आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बलात्कार मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ पाउने फैसला गरेको हो ।

जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणी पोखरेलका अनुसार सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ पाउने ठहर भएको बताए ।

सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । तर उच्च अदालतल विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो । जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो ।

विवादापद धर्मगुरु गिरीमाथि चतरा स्थीत आश्रममा काठमाडौँबाट आएकी महिला अनुयायीमाथि २०७६ कात्तिक ३ गते राती सिद्धबाबाले करणी गरेको आरोप थियो । २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

हिरासत अवधी अस्पतालमा गुजारेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

आदेशपछि अस्पतालबाट आश्रम फर्किएका उनलाई ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न अदेश दिएको थियो । २० फागुन २०७६ मा कारागार चलान भएका थिए ।

२२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाई दिएको थियो । तर ३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाई दिने जिल्लाको फैसलामा गम्भीर त्रुटी देखाउँदै पून प्रमाण बुझेर न्याय निरुपण गर्न फैसला गरेको थियो ।

उच्चको फैसलापछि मुद्दा जिल्लामै फर्किएको मुद्दा जिल्लामा २०७९ असार १४ गते पून मुद्दा दर्ता भएको थियो । पुन दर्ता भएको मुद्दा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० ११:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।