April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

चेरी फल स्वास्थ्यका लागि एकदमै लाभदायक, मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:१९
चेरी फल स्वास्थ्यका लागि एकदमै लाभदायक, मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ

चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र हेर्दा आकर्षित देखिन्छ । जसले गर्दा धेरै मानिसहरुले यो फलको प्रयोग गर्ने गर्दछन् । यसमा विभिन्न प्रकारका पौष्टिक तत्व वा खनिज पदार्थहरु पाइन्छ ।

१०० ग्राम चेरीमा ६४ क्यालोरी पाइन्छ । चेरीमा फाइबर १.४ ग्राम, एन्टिअक्सिडेन्ट, पोटासियम, मेलाटोनिङ केमिकल जस्ता थुप्रै गुणहरु पाइन्छ । जसले हाम्रो स्वास्थयलाई निकै फाइदा गर्दछ । चेरीबाट विभिन्न परिकारहरु बनाउन सकिन्छ । जुस, क्यान्डी, वाइन, जेली, केक वा ब्रेडमा मिसावटका रुपमा प्रयोग गर्ने गरिन्छ । चेरीबाट शारीरिक र आर्थिक फाइदा लिन सकिन्छ ।

चेरी फलका फाइदाहरु

१. चेरीको प्रयोगले तौल घटाउनको लागि फाइदा हुने गर्दछ ।
२. चेरीमा पोटासियम राम्रो मात्रामा पाइन्छ । जसले ब्लड प्रेसरको लागि फाइदा गर्दछ ।
३. चेरीमा मेलाटोनिन केमिकल पाइन्छ जसले निद्रा राम्रोसँग लाग्न मद्दत गर्दछ ।
४. यो फलमा एन्थोसायनिन पाइन्छ जसले एन्टिअक्सिडेन्टको काम गर्दछ ।
५. यसको प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
६. चेरीको प्रयोगले युरिन इन्फेक्सन हुनबाट रोक्छ ।
७. चेरीको जुसले युरिक एसिड कम गर्दछ ।
८. चेरीको प्रयोगले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
९. चेरीले एसिडीटि भएको ब्यक्तिलाई फाइदा गर्दछ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट