July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काँक्रो खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १४:0२
काँक्रो खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै
  • भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै
  • काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी गर्दै 

कञ्चनपुर ।।

शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर-व्यवहार सहज रूपमा चलाएका छन् ।

‘एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ’, उनले भने, ‘स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।’ उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उनले बताए ।

‘अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्‍याइसक्छौं, उनले भने, ‘त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्याई बेच्छौँ ।’ बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उनले बताए ।

उनी काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्छन् । काँक्रो र तरकारी खेती गरी वर्षमा रु १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान् श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्छन् । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उनले जोडेका छन् ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आएका छन् । दुई बिघा जग्गामा उनले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आएका छन् । ‘वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ’, भरतका दाजु लक्ष्मणले भने, ‘अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।’

व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उनले उल्लेख गरे ।वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताए । ‘बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाई गर्ने किसानमा उहाँको गणना हुन्छ’, उनले भने, ‘तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उहाँ एक नम्बरमा छन् ।’

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताए । ‘भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन्’, उनले भने, ‘वैदेशिक रोजगारीमा जाने युवालाई उहाँले व्यावसायिक खेती गरेर गरेको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्‍याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्