April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

फेरी अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:३७
फेरी अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण
  • अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण
  •  ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात
  • औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको

काठमाडौं ।।

नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपनि अर्का एक स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको हो ।

राति ११ः१५ बजे केन्द्रमा ल्याइएका घाइतेको उपचारमा खटिएका गैरेमाथि बिरामीसँगै आएका व्यक्तिले हातपात गरेको केन्द्रले जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्ति बेलौरी-५, मैनाहाका रामबहादुर खड्का रहेका छन् । केन्द्रको सीसीटीभी फुटेजमा खड्काले औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको देखिन्छ । खड्काले दोस्रोपटक पनि हातपातको प्रयास गरेकोका थिए ।

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ । हातपातपछि पनि गैरेले घाइतेको उपचार गरेको फुटेजमा देखिएको छ ।

केन्द्रका अनुसार सो समयमा बेलौरी-५ मैनाहाका बाबुराम चौधरीलाई टाउको र आँखामा चोट लागेर उपचारका लागि ल्याइएको थियो । तर, उपचारमा ढिलाइ गरेको भन्दै गैरेमाथि हातपात भएको केन्द्रले जनाएको छ ।  भदौ ३१ गते स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन २०७९ अनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।