sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० २0:४४
वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक

असोज ५ ,काठमाडौँ ।
सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ ।
भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए ।
कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायाङ्कनको क्रममा आफूछेउ आएको जस्तै भान भएको बताइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका संगीतकार संघ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई सांगीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए । सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको तस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए ।

यस सांगीतिक चलचित्रको गीतमा शब्द रचना बिक्रम साम्पाङको रहेको छ भने संगीत शङ्कर थापा ‘स्माइल’को रहेको छ । यसमा राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ । गीतलाइ विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।

२० मिनेट लम्बाइको यस चलचित्रलाई देव जङ्ग थापाले निर्देशन गरेका छन् । माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको ‘हे दैव’ मा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र विवेक उप्रेतीको सम्पादन रहेको छ । प्रोडक्सन डिजाइन दिपेन गौतम ‘माइकल’ले गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० २0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid