May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गीत संगीतको कुनै परिभाषा हुदैँन : लक्ष्मण पोखरेल

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:0७
गीत संगीतको कुनै परिभाषा हुदैँन : लक्ष्मण पोखरेल

काठमाडौं । पछिल्लो समय नेपाली संगीतको क्षेत्रमा व्यस्त संगीतकारको रूपमा काम गरिरहनुभएका संगीतकार हुनुहुन्छ लक्ष्मण पोखरेल । गायिका अञ्जु पन्तदेखि शिव परियार, प्रमोद खरेल, राजेशपायल राई, एलिना चौहान, मिलन नेवार, रूपक डोटेल, शान्तीश्री परियार, अनु चौधरी, समीक्षा अधिकारीदेखि बलिउडका सुप्रसिद्ध गायक उदितनारायण झा र दीपानारायण झासम्मले संगीतकार पोखरेलको संगीतमा गीत गाइसक्नुभएको छ । नेपालका अधिकांश नयाँ/पुरानागायक गायिकाहरूले उहाँको संगीतमा गीत गाइसक्नुभएको छ । छोटो समयमा नेपाली संगीतमा एउटा छुट्टै परिचय बनाइसक्नुभएका संगीतकार पोखरेलले हरेक किसिमका गीतमा संगीत दिनुभएको छ । आधुनिक गीतबाट संगीतकारको रूपमा प्रवेश गर्नुभएका पोखरेलले आधुनिक लोक पप, चलचित्रलगायत सामाजिक विषयवस्तुका सबै प्रकारका गीतमा संगीत दिइसक्नुभएको छ । विसं २०६९ सालमा गायक उत्तमजंग लिम्बूको स्वरमा ‘दिल चोर्ने हासो दिल चोर्न बाठो’ गीतमा संगीत भरेर उहाँ यसक्षेत्रमा प्रवेश गर्नुभएको थियो । आफ्नै शब्द रचना र संगीत रहेको उक्त गीत उहाँले एकदशकपछि २०७७ सालमा गायिका अञ्जु पन्तको स्वरमा ‘दिल रुन्छ भन्छन् कि त मायाँ टुटे पछि’ बोलको गीत रेकर्ड गरेर पुनः यो क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

एक दशकलामो अन्तरालपछि संगीतमा निरन्तरताका साथ काम गरिरहनुभएका पोखरेलले छोटो समयमा दुई दर्जनभन्दा बढी गीतमा संगीत दिइसक्नुभएको छ । विभिन्न परिस्थितिका कारण एकदशकपछि संगीतमा केही गर्छु भनेर पुनःफर्किनुभएका उहाँ साच्चै नेपाली संगीतका लागि एउटा उदयमान संगीतकारको रूपमा उदाइरहनुभएको छ । छोटो समयको अन्तरालमा उहाँले धेरै काम गर्नुभएको छ छ भने उहाँको संगीतमा स्वर नदिएका गायक/गायीका सायद कमै छन् यो क्षेत्रमा । हरेक किसिमको संगीत गर्न रुचाउने संगीतकार पोखरेल पछिल्लो समयका भर्सटाइल संगीतकारको रूपमा चिनिनुहुन्छ । आधुनिक लोक, वेष्टन, चलचित्र सबै प्रकार गीतमा उहाँको सशक्त संगीत सुन्न सकिन्छ ।

लमजुङको सुन्दर बजार नगरपालिका पाउदीमा जन्मिनुभएका उहाँ सानैदेखि गीतसंगीतमा रुचि राख्नुहुन्थ्यो । त्यो रुचि विस्तारै भविष्यमा संगीतकार बन्ने संगीतकार नै किन त भन्ने प्रश्नमा उहाँको जवाफ छ, ‘संगीतकार भनेको गीतको एउटा मेरुदण्ड हो । एउटा राम्रो शब्दलाई कायजयी गीत बनाउने काममा यदि कसैको महत्वपूर्ण भूमिका हुन्छ भने त्यो संगीतकारको हुन्छ । त्यसपछि बल्ल संगीतसंयोजक बाद्यवाधक गायक/गायिका स्टुडियो, सम्पादन भिडियोको हुन्छ ।’ संगीतकारको भूमिका चुनौतीपूर्ण र महत्व हुने भएकाले संगीतकारमा बढी रुचि भएको उहाँ बताउनुहुन्छ ।

त्यसो त उहाँ संगीतकारमात्र नभएर एउटा राम्रो कवि र गीतकारसमेत हुनुहुन्छ । उहाँको शब्द संगीतमा थुप्रै गीत रेकर्ड भएका छन् । ‘बिम्बभित्रका आकृतिहरू’ उहाँको प्रकाशोन्मुख कवितासंग्रह हो । साधनाकला केन्द्र, डोरेमी संगीत पाठशाला, राष्ट्रिय नाचघरबाट शास्त्रीय संगीत, गीतार, तबलाको ज्ञान लिएका पोखरेलका चर्चित गीतमा ‘दिल दिल दिल, आशु दिएर गयौ, दिल रुन्छ जब, आइफोन हरायो, छोरीको जन्म, जिन्दगीले घात गर्‍यो, काली काली’लगायत छन् । आउने गीतहरू एक दर्जनको हाराहारीमा रहेको बताउनुहुने पोखरेल विभिन्न सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

गीतसंगीत या साहित्य कहिले पुरानो नहुने बताउने संगीतकार पोखरेल हिजो र आजको नेपालीगीत संगीतमा के फरक छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘संगीतको सूत्र एउटै हो । संगीत एउटा निरन्तर बगिरहने नदीजस्तै हो । फरक यत्तिमात्र हो नदीको एउटा गन्तव्य हुनसक्छ तर गीत र संगीतको कुनै गन्तव्य हुँदैन । हिजोको पुस्ताले त्यो समयमा जे उपलब्ध थिए त्यही प्रयोग गरे आजका पुस्ताले समयको मागनुसार काम गरिरहेका छन् । सिर्जनाको हिसाबले हिजो जति कालजयी सिर्जना जन्मे पछिल्लो समयमा कम भएकै हो । तर नेपाली गीतसंगीतले पनि एउटा उचाइ लिइरहेको छ । गीत, साहित्य, संगीत भनेको एउटा प्रयोग गर्ने थलो हो । जसले सही ढंगले समय परिस्थिति अनुसार प्रयोग गर्न जान्दछ त्यही नै फरक हुने भएकाले हिजो पनि जसले प्रयोग गरे उनीहरू फरक देखिए र आज जसले गरिरहेका छन् तिनीहरू फरक देखिएका छन् । समग्रमा नेपाली गीतसंगीतको धार एउटै हो ।’

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट