May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाडबाड सुरक्षित बनाउन जुट्यो प्रहरी

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १0:४४
चाडबाड सुरक्षित बनाउन जुट्यो प्रहरी

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी
आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए। उहाँका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ।

प्रवक्ता कडायतले केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले समेत आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी अब छिट्टै लागू गर्ने पनि बताए। उनले यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविकभन्दा सुरक्षाकर्मीका सङ्ख्या बढाइने बताए। चाडबाडलाई सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी अहोरात्र खटिने पनि उनले बताए।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट