April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:0३
नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध

नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम बहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध भएका छन् । बिहीबारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्द सत्रबाट संविधानसभा सदस्य समेत रहेका गिरी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

नेकपा एमाले झापाका जिल्ला स्तरीय एक नेताले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीको अध्यक्षतामा नेतृत्व चयन गर्न निर्देशन दिएसँगै पाँच जनाको अध्यक्ष सहित पाँच जना निर्विरोध भएका हुन् । उनका अनुसार उपाध्यक्ष असारु राजवंशी , सचिव तुलसी कार्की, उप सचिव खगेन्द्र नेपाल र उप सचिव अनिता कन्दङ्वा निर्विरोध भएका हुन् ।

अध्यक्षका लागि शिव ढुङ्गेलले दाबी गरेपनि ओलीको निर्देशनमा नेतृत्व चयन भएको बताइएको छ । यद्यपि निर्वाचन समितिले उनीहरूको नाम आधिकारिक रुपमा घोषणा भने गरेको छैन । बाँकी पदमा भने छलफल भइरहेको बताइएको छ ।
बिहीबारबाट शुरु भएको अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । गिरी एमाले अध्यक्ष ओलीका निकट मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ ।अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष गिरीले राजनीतिक प्रतिवेदन र सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।