sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जिप दुर्घटना हुँदा १३ जना घाइते

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:0५
जिप दुर्घटना हुँदा १३ जना घाइते

२१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते
ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार तिरिङ्गेदेखि पाथीभरा दर्शनमा जाने तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजेको समयमा दुर्घटना भएको थियो । उकालो भाग रहेको कच्ची सडकबाट जिप अचानक चिप्लिएर करिब ७० मिटर तल झरेर दुर्घटनाग्रस्त बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ लिम्बूले बताउनुभयो ।

सो जिप दुर्घटनाका घाइतेमध्ये ७० वर्षीया धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर सिफारिस (रेफर) गरिएको पनि प्रनाउ लिम्बूले जानकारी दिनुभयो । अन्य घाइते हुनेमा जिपका चालक २१ वर्षीय भक्त कार्की, ६२ वर्षीया फूलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया विमला डाँगी बस्नेत रहनुभएको छ ।

यस्तै दुई बालिका छ वर्षीया युनिसा बस्नेत, चार वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत, ३८ वर्षीय चन्द्रबहादुर कार्की र ४१ वर्षीय कर्णबहादुर कार्की घाइते हुनुभएको छ । कर्णबहादुर झापाको बारदशी गाउँपालिका–२ निवासी हुनुहुन्छ भने बाँकी सबै तिरिङ्गेका रहनुभएको छ । यता एक जनाबाहेक सबै घाइतेको ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid