May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

जिप दुर्घटना हुँदा १३ जना घाइते

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:0५
जिप दुर्घटना हुँदा १३ जना घाइते

२१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते
ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार तिरिङ्गेदेखि पाथीभरा दर्शनमा जाने तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजेको समयमा दुर्घटना भएको थियो । उकालो भाग रहेको कच्ची सडकबाट जिप अचानक चिप्लिएर करिब ७० मिटर तल झरेर दुर्घटनाग्रस्त बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ लिम्बूले बताउनुभयो ।

सो जिप दुर्घटनाका घाइतेमध्ये ७० वर्षीया धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर सिफारिस (रेफर) गरिएको पनि प्रनाउ लिम्बूले जानकारी दिनुभयो । अन्य घाइते हुनेमा जिपका चालक २१ वर्षीय भक्त कार्की, ६२ वर्षीया फूलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया विमला डाँगी बस्नेत रहनुभएको छ ।

यस्तै दुई बालिका छ वर्षीया युनिसा बस्नेत, चार वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत, ३८ वर्षीय चन्द्रबहादुर कार्की र ४१ वर्षीय कर्णबहादुर कार्की घाइते हुनुभएको छ । कर्णबहादुर झापाको बारदशी गाउँपालिका–२ निवासी हुनुहुन्छ भने बाँकी सबै तिरिङ्गेका रहनुभएको छ । यता एक जनाबाहेक सबै घाइतेको ताप्लेजुङ जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।