July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रेमराजा, दीपक र डब्बुले ल्याए भन्देउन धरतीमाई…

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १५:२६
प्रेमराजा, दीपक र डब्बुले ल्याए  भन्देउन धरतीमाई…

काठमाडौं, ९ असोज
सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै अफिसियली युट्युव च्यानल ‘प्रेम राजा महत’बाट सार्वजनिक गरेका छन् ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदीले यो गीतलाई संगीत संयोजन गरेका हुन् । वेभ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई समिर कार्कीले रेकर्डिङ गरेका हुन् ।
भन्देउन धरतीमाई गीत…को भिडियो निर्माता कविता देवी महत हुन् । लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्याउने संगीतकार दीपक शर्माले बताएका छन् ।
गायक प्रेम राजा महतले पनि यो गीतको शब्द र सँगीतले नै आफुलाई छोएकोरे गीत गाउँदा आफु गाउँमै पुगेको महसुुस भएको छ भने,‘म त लामो समयदेखि अमेरिका बसेको मान्छे । परदेशमा बस्ने जो कोहीलाई पनि यो गीत सुनेपछि गाउँ र बाल्यकालको झलझली याद आउँछ ।’
यस्तै गीतकार डब्बु क्षत्रीले आफु गाउँबाट टाढा शहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँ घर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताएका छन्,‘गाउँमा बस्दा त्यो सुन्दर बाल्यकालको सम्झना र भोगाईलाई गीतमा प्रस्तुत गरिएको छ । यो गीत सबैको जीवनमा मेल खाने प्रकारको रहेको छ ।’ गीतकार क्षत्रीले भने ।
गीतको भिडियो स्टुडियोमा लाईभ छायाँकन गरेर तयार पारिएको छ । गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
यो भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्