May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धर्ना बसेका ई’ का दुवै खुट्टा हेरेर जीवन रक्षा गर्न सरकारलाई आग्रह

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १४:३३
धर्ना बसेका ई’ का दुवै खुट्टा हेरेर जीवन रक्षा गर्न सरकारलाई आग्रह
  • अभियन्ता ‘ई’को जीवन रक्षाका लागि सरकारले ध्यान दिनुपर्ने 
  • प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह
  • विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि अनुरोध 

काठमाडौं ।।

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’

‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले, उनले उठाएका मागमा संवेदनशील बन्न सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।अभियन्ता ‘ई’ ले फुटपाथमा बसेर व्यापार गर्दै आएकाहरुलाई विना विकल्प हटाइएको भन्दै काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृह अगाडि उभिएर आठ दिनदेखि विरोध जनाउँदै आएका छन् । आयोगकी सदस्य लिली थापा नेतृत्वको टोली मंगलबार राष्ट्रिय सभागृह पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

आयोगका अनुसार ‘ई’ राति १२ बजेदेखि ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका छन् । विगत आठ दिनदेखि उभिएर धर्ना दिँदा ‘ई’का दुवै खुट्टा अस्वाभाविक रुपमा सुन्निएका छन् । उनका नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाह बमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारी पाइएको आयोगले जनाएको छ । आयोगले महानगरपालिकाका अधिकारीहरुसँग पनि छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट