May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा शिवाकोटी नियुक्त

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:५७
मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा शिवाकोटी नियुक्त

काठमाडौं । नेपालको व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.को उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।

नेपालमै रुचाईएको अगरबत्तीमा पर्ने मंगलदीप पूजा अगरबत्ती ग्राहकहरुको आवश्यकताहरुलाई आत्मसाथ गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरुमा उपलब्ध छन् । आफ्ना यी उत्पादनहरुलाई सशक्त रुपमा ग्राहकहरुमाझ पुर्‍याउन तथा आफ्नो उत्पादनहरुको प्रवर्द्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीको विश्वास छ ।

नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनय क्षमता देखाउनुभएकी सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायको साथ मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।

अभिनेत्री सिवाकोटीले आफू पनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?