May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:४५
सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ ।
धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइयो ।

धरान : नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइएको छ ।

केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको हत्या गरी आउने जो-सुकैको परिवारलाई लालनपालन र जेलमा समेत संरक्षण गर्ने अभिव्यक्ति दिएका उनलाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी एरियाबाट पक्राउ परेका श्रीनिवासलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको सुनसरीका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले बताए । उनले धुनाषा प्रहरीको आग्रहमा श्री निवासाचार्यलाई पक्राउ गरिएको बताए ।

धरानलगायतका स्थानमा गाई काटेर भोज खाएको भीडीयो सार्वजनिक भएपछि उनले हिन्दु धर्म र गाईको रक्षाको आवाज उठाउँदै आएका थिए । गाईको रक्षा र गाई काट्नेलाई त्यसैगरी मान्छे काट्न निर्देशन दिएर सामाजिक सद्भाव भड्काउन खोजेको आरोपमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई धनुषा प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ । श्रीनिवास बिराटनगरमा आफैले गोली हान्न लगाएर विवादमा आएका धर्म गुरु हुन् ।

यसअघि हातहतियार खरखजना ऎनअन्तर्गत मुद्दा खेपेका उनी जिल्ला अदालत मोरङको आदेशमा धरौटीमा छुटेपछि झन् विवादास्पद क्रियाकलाप गर्दै आएका छन्।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।