May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओलीले ‘‘डिजिटल ब्यानरको स्विच” थिचेर अधिवेशनको गरे उद्घाटन

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:0५
ओलीले ‘‘डिजिटल ब्यानरको स्विच” थिचेर अधिवेशनको गरे उद्घाटन
  • ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरे
  • समारोहमा सहभागी हुन ओली आजै विराटनगर आए
  • अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने

विराटनगर ।।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।‌ प्रदेश राजधानी विराटगरमा आयोजित उद्घाटन समारोहमा सहभागी हुन ओली आजै विराटनगर आएका हुन् । मनास्लु पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा ओलीले ‘डिजिटल ब्यानरको स्विच’ थिचेर अधिवेशन उद्घाटन गरे ।‌ अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय नेताहरू विराटनगरमा भेला भएका छन् ।‌ अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी छन् ।‌ शनिबारसम्म चल्ने अधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।‌ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरूलगायत सहभागी छन् ।‌यसअघि कार्यक्रमस्थलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत् गरिएको थियो ।‌

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट