sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कृषिमन्त्रीले गरे केन्द्रीय कार्यालयहरूको छड्के अनुगमन

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:२२
कृषिमन्त्रीले गरे केन्द्रीय कार्यालयहरूको छड्के अनुगमन
  • भुसालले पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केन्द्रीय कार्यालयहरुको गरे छड्के अनुगमन
  • कारबाहीबारे जानकारी लिंदै तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिए
  • लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगेमा ध्यान दिनुपर्ने 

काठमाडौं ।।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् । मन्त्री भुसालले काठमाडौंस्थित त्रिपुरेश्वरमा रहेका केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिफरल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् । कार्यालय समयमै छड्के अनुगमनमा निस्किएका मन्त्री भुसालले आजसम्म भएगरेका काम कारबाहीबारे जानकारी लिंदै तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचार लगायतका क्षेत्रमा यी कार्यालयले काम गर्दै आएका छन् ।लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि के कस्ता प्रयास भएका छन् मन्त्री भुसालले चासो राखेका थिए । लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको कार्यालयका प्रमुख पशु चिकित्सक डा. टंकप्रसाद प्रसाईंले जानकारी गराए ।

लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको डा. प्रसाईंले बताए ।मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी गराए ।भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार गर्नेछ । यो काम दशै अगावै गर्ने गरी काममा लाग्न कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिएका छन् ।

साथै मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादन सम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिएको पशु चिकित्सक पूर्णबहादुर बूढाले बताए । मन्त्री भुसालले तत्काल प्रयोगमा नआएका मेसिनलाई तत्काल प्रयोग गर्नुपर्ने र अन्य समस्या भए आफूलाई तत्कालै गर्नुपर्ने कामको बारेमा औपचारिक रुपमा जानकारी दिन आग्रह गरे । अपुग स्रोत साधनको तत्काल पूर्ती गरी पशुपन्छीको क्षेत्रको कामलाई अगाडी बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिएका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid