November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्यूठानको लालीगुराँस सहकारीमा लुटपाट

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:२१
प्यूठानको लालीगुराँस सहकारीमा लुटपाट

बुटवल : प्युठानको एक सहकारीमा तोडफोड गरी नगद चोरी भएको छ। सोमबार मल्लरानी गाउँपालिका-३ सालठाँटीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद १ लाख ६० हजार ४ सय रुपैयाँ चोरी भएको हो।

भवनको दोस्रो तलाको चेनगेट र चाबी फोरेर चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द बहादुर अधिकारीले जानकारी दिए। विहान ९ बजेमात्र चोरी भएको खबर आफूले जानकारी पाएको उनले बताए। यो सहकारी चुँजाठाटी क्षेत्रको पहिलो र स्थापित सहकारीको हो।

चोरले कार्यालयका सामानहरूमा समेत क्षति पर्‍याएका छन्। कार्यालयमा नगद दुई लाख बढी रकम भए पनि कागजातसँगै भएकाले एक लाख रुपैयाँ चोरले नदेखेपछि जोगिएको व्यवस्थापक अधिकारीको भनाइ छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्