April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:३९
विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित

इटहरी, असोज १६ गते । विवेकशील साझा पार्टीको कोशी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

इटहरीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनले उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदीलाई निर्वाचित गरेको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत खड्काले जानकारी दिनुभयो ।

श्रेष्ठ नेतृत्वको समितिमा इन्द्रनारायण साह, टंक फुयल, कमल कार्की ढोली, सन्ध्या दाहाल, भुवन थापा, लमनोज विश्वकर्मा, रुपेश मास्के र काशीनाथ सिग्देल प्रदेश सदस्यमा चयन हुनुभएको हो ।

“पहिचानको सम्मान, सहिष्णुताको संवर्द्धन’’ मूल नाराका साथ सम्पन्न कोशी प्रदेश अधिवेशन अघि पार्टीको बागमती अधिवेशन सम्पन्न भएको थियो ।

गत माघमा विवेकशील साझा पार्टीको सङ्घीय अधिवेशन सम्पन्न भएसँगै पार्टीले प्रादेशिक अधिवेशनलाई अघि बढाइरहेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।