May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेपालगञ्जको अवस्था सामान्य बन्दै

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० 0९:५१
नेपालगञ्जको अवस्था सामान्य बन्दै

काठमाण्डाै – हिजोदेखि कर्फ्यु लागेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् ।

दुई समुदायबीच तनाव सिर्जना हुने अवस्था देखिएपछि हिजो दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् ।

सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० 0९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।