April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

‘विश्व बहुध्रुवमा गएको समयमा नेपाल आफै एउटा शक्ति बन्नुपर्छ’ :- किरण हमाल

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:३५
‘विश्व बहुध्रुवमा गएको समयमा नेपाल आफै एउटा शक्ति बन्नुपर्छ’ :- किरण हमाल

अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने : राप्रपा नेता रवि किरण हमालले नेपाल 

 

काठमाडौं । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताउनुभएकाे छ । राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित नेपालको परराष्ट्र नीतिस् विगत, वर्तमान र भविष्यु विषयक विचार गोष्ठी कार्यक्रममा सहभागी किरणले पत्रकारलाई प्रतिक्रिया दिदै शीतयुद्धको धङधङी साथै पृथ्वीनारायण शाहले स्थापित नेपाल दुई ढुंगा बिचको तरुल भन्ने मान्यता बदल्नुपर्ने बताउनुभएकाे छ ।

नेपालले राष्टिय एकता कायम गर्ने , हिन्दुत्वको पहिचानलाई पुनःस्थापना गर्ने, नेपालको सभ्यता र संस्कृतिलाई पुनर्जागरण गर्ने बाहेक अन्य विकल्प नरहेको किरणको दाबी छ ।

हाम्रा दुई छिमेकी अन्तर्राष्ट्रिय राजनीतिलाई समेत प्रभावित पार्ने ल्याकत राख्छन् , आर्थिक रूपमा सम्पन्न हुँदैछन् उनीहरुलाई मिलाएर जोडेर नेपालले उन्नति हासिल गर्ने खालको परराष्ट नीति अगाडि सार्नुपर्ने किरणले बताउनुभयाे ।

राजाहरुले नेपाललाई बर्बाद बनाउने लक्ष्य सहित गिद्धे नजर राख्ने शक्तिलाई परास्त गरेको पनि किरणले बताउनुभयाे । उहाँले भन्नुभएकाे छ ‘ विश्व बहु ध्रुवमा गइरहेको छ , नेपालले पनि आफ्नै ध्रुव निर्माण गर्न सक्नुपर्छ , कसैसँग जोडिएर होईन आफ्नै शक्ति निर्माण गरेर देखाउनुपर्छ ।

किरणले नेपालको परराष्ट नीतिमा चार प्रमुख समस्या समेत औल्याउनुभएकाे छ । उहाँले राष्टिय एकता कायम गर्न नसक्नु , नेपालको हिन्दुत्व सहितको पृथक पहिचान स्थापित नहुनु , वैचारिक निकटताको आधारमा सम्बन्ध विस्तार गर्नु र सत्ता स्वार्थ प्रेरित भएर सम्बन्ध निर्माण गर्ने परिपाटीले परराष्ट नीतिमा संकट आएको बताउनुभयाे ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।