साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य सुधार
आज नेप्से ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द
१७ असाेज, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएकाे छ । आज नेप्से ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज मध्यभोटेकोशी जलविद्युत कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । बुधबार सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक काराेबार भएकाे छ ।