May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ?

‘बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने’:-मौसमविद

  • साझा परिवेश
‘बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने’:-मौसमविद

काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।

‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद लामिछानेले भन्नुभयाे, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’ भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।

पाल्पाको अर्चले र कुमालगाउँ, दाङको बेलझुण्डी र मनिकापुर, ललितपुरको लेले, नवलपुरको गैंडाकोट र चितवनमा पनि धेरै भारी वर्षा रेकर्ड भएको छ । धान काट्ने र भित्राउने बेला भएको वर्षाले किसानहरु प्रभावित भएका थिए । नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टुबर २ तारिख भए पनि अहिलेको प्रणालीको प्रभावले बहिर्गमनमा ढिलाइ भएको छ । तर केही दिनभित्रै वर्षा गराउने अहिलेको प्रणाली नेपालबाट बाहिरिने र त्यसपछि हिउँद सुरु हुने मौसमविदले बताएका छन् । यस वर्षको मनुसन नेपालमा सरदर मितिभन्दा एक दिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो ।

पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमी नेपालबाट पूर्वतर्फ सर्दै बाहिरिन्छ । पश्चिम नेपालमा यस वर्षको मनसुन बहिर्गमनको संकेत देखिइसकेको मौसमविद लामिछानेको भनाइ छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिएपछि र पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन बहिर्गमनको घोषणा गरिन्छ ।

  • साझा परिवेश
  • -