sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:0६
नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी

बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटयो

 

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ । अस्तिदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसाेकाे समयमा हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको जनाएको छ । बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ । कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

कर्फ्यु आंशिक रुपमा हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । हिजो/अस्तिको तुलनामा आज नेपालगञ्जमा चहलपहल केही बढेको छ । हिजो बसेको सर्वपक्षीय बैठकले कर्फ्यु खुकुलो बनाउँदै लगेर हटाउने निर्णय गरेको थियो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid