May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

भन्सारको प्रमुखमा पाण्डेलाई राखियो,पोखरेललाई हटाइयो

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १५:५४
भन्सारको प्रमुखमा पाण्डेलाई राखियो,पोखरेललाई हटाइयो
  • प्रमुख पोखरेललाई हटाएर पाण्डेलाई बनाइयो प्रमुख 
  • पोखरेल २ महिनादेखि छुट्टीमा 

काठमाडौं ।।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी बिदामा रहेका थिए । उनी २ महिनादेखि छुट्टीमा छन् ।

१० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।